Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


स्याङ्जामा हाटबजार सञ्चालनमा


0
Shares

स्याङ्जा, जेठ १० । स्याङ्जाको भीरकोट नगरपालिका–१ स्थित बसपार्कमा हाटबजार सञ्चालनमा आएको छ ।

जारी ‘लकडाउन’का कारण कृषि उत्पादन बारीमै कुहिन थालेपछि नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

हाटबजार दैनिकरुपमा बिहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालनमा आउने छ ।

सामाजिक दूरी कायम गरी हाटबजार सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।