Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


महासंघ उपत्यका प्रदेश अन्र्तगतका ११९ जना पत्रकारको कोभिड विमा


0
Shares

काठमाडौं । कोभिड–१९ को संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंभ उपत्यका प्रदेश समिति अन्र्तगत  काठमाडौं भक्तपुर र ललितपुर  जिल्लाका ११९  पत्रकारको  कोभिड पत्रकार बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ  उपत्यका प्रदेश समितका  महासचिव श्रीजन झाको पहल एवम् मिसन मिडिया कल्वको आर्थिक सहयोगमा प्रतिपत्रकार रु एक लाखको कोरोना बीमा गराएको हो ।

उपत्यका  प्रदेश समितका महासचिव  झाका अनुसार आफ्नो प्रदेश अन्र्तगतका जिल्ला आवद्ध  क्रियाशील पत्रकारको बीमाका लागि मिसन मिडिया  क्लवले ११९   जनाको बीमा शुल्क तिर्न  सवै आर्थिक सहयोग गरेको जानकारी दिंदै बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको जानकारी दिए ।

उक्त बीमानुसार कुनै पत्रकार कोभिड १९ संक्रमित भएमा बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले रु १ लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासचिव झाले बताए  ।

यसअघि  कोभिड संक्रमणको बढ्दो जोखिमसंगै मिसन मिडिया क्लवका अध्यक्ष समेत रहेका उपत्यका प्रदेश समितिका महासचिव झाले बीमा कार्यक्रम घोषणा गरेका थिए ।

मुलतः जोखिमको यस विषम अवस्थामा  पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूती दिन क्लवसंग सहकार्य गरिएको जानकारी दिंदै    संस्थागत रुपमा  क्लवको तर्फबाट पत्रकारको विमा गराउने अवसर महासंघ उपत्यका प्रदेशले क्लवलाई  अवसर प्रदान गरेकोमा  क्लव आफैंमा  गौरवाम्वित भएको क्लवका कोषाध्यक्ष  रिना महर्जनले बताइन ।

त्यस्तै दोस्रो चरणमा थप २५१ जनाको पनि कोभिड पत्रकार विमाको आवश्यक तयारी लगभग पूराभइसकेको क्लवले जनाउँदै नामावली संकलनको आव्हानको गर्ने तयारी भइरहेको जनाएकोछ ।