काठमाडौं । श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर शुक्रबार काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ ।
ट्युनिसियामा शान्ति सेनाका रुपमा खटिएका ती अधिकृतको मृत्यु भएपछि उनको शव लिन श्री एयरलाइन्सको कार्गो चार्टड उडानको जहाज बिहीबार ट्युनिसिया गएको थियो ।
एक्काइस दिनअघि हृदयाघातबाट मृत्यु भएका एक अधिकृतको शव लिन संयुक्त राष्ट्र संघको खर्चमा नेपाली सेनाले चार्टर उडान गरेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्