बैतडी, जेठ ९ । बैतडीको सीमानाका झुलाघाटबाट किरियापुत्रीसहित ३७८ जना नेपालीको शुक्रबार उद्धार गरिएको छ ।
भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चारजना किरियापुत्रीसहित ३७८ जनाको झुलाघाटबाट उद्धार गरिएको हो ।
उद्धार गरीएकामा बैतडीका १६२, बझाङका १००, बाजुराका ३०, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरसहित १२ जिल्लाका नागरिक रहेका छन् ।
उनीहरुलाई सामान्य चेकजाँचमात्रै गरेर स्वदेश जिल्ला भित्र्याइएको हो ।
सीमानाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित पालिकामा पठाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
उनीहरुलाई अनिवार्य ‘क्वारेन्टाइन’मा राखिने र १४ दिनपछि कोरोना परीक्षण गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
नेपालमा अधिकांशमा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखा परिरहेका बेला बिनापरीक्षण भित्र्याउँदा जोखिम बढेको छ ।









प्रतिक्रिया दिनुहोस्