Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


स्थानीय तह निर्वाचनको आधारमा संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्ने : गगन थापा


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताउनुभयो ।

मंगलबार ललितपुरमा भएको स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरुको जनअभिमुखी कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाउनुभयो । उहाँले आफूबिरुद्ध रहेका नेताहरुालई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली कांग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताउनुभयो । उहाँले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताउनुभयो ।

महामन्त्री थापाले जिम्मेवारीमा बस्दा कहिले काहीँ महत्वपूर्ण कामहरु पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसले सोमवारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम आज समापन हुने छ ।