परासी, जेठ ९ । कोरोना संक्रमित भेटिएपनि परासीको बजारमा भीड घटेको छैन ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार बिहान एकजनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि बजार क्षेत्रमा भीड घटेको छैन ।
बजार क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको भीड देखिएको छ ।
संक्रमित व्यक्ति फेलापरेको वडामा मात्रै करिब आठभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् ।
जिल्लामा शुक्रबारमात्रै तीनजना संक्रमित भेटिएका छन् । जिल्ला सुरक्षा समितिले ती वडाहरुमा आवत–जावत रोकेर सम्पर्कमा आएका व्यक्तिको अझै खोजी सुरु गरेको छैन ।
संक्रमित भेटिएपनि सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर बैंक र वित्तीय संस्थालाई सामाजिक दूरी कायम गरी सेवा सञ्चालन गराउन सकिने रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्