नवलपरासी । प्रदेश सरकारले सहयोग नगर्दा नवलपरासीमा आइशोलेसन वार्ड बनाउन समस्या भएको छ ।
प्रदेश ५ सरकारले आइशोलेसन बनाउन स्पष्ट निर्देशन नदिँदा आइशोलेसन बनाउन समस्या भएको पश्चिम नवलपरासीका स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि आइसोलेसन कक्ष नहुँदा उनीहरुलाई राख्नसमेत अन्यौल भएको छ ।
आज मात्र पूर्वी र पश्चिम नवलपरासीमा एकै दिन ४ जना संक्रमित भएका छन् । आइशोलेन वार्ड नहुँदा उनीहरुलाई राख्ने विषयमा अन्यौल भएको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।
आइसोलेसन नहुँदा यसअघि जिल्लामा देखिएका २ संक्रमितलाई भैरहवा भीम अस्पताल पठाइएको थियो ।








प्रतिक्रिया दिनुहोस्