सुर्खेत, जेठ ८ । कर्णाली प्रदेशसभा बैठकको तयारीअन्तर्गत् बिहीबार मुख्यमन्त्री, सांसद, कर्मचारीसहित १६४ जनाको स्वाब संकलन गरिएको छ ।
प्रदेशसभाको बैठकमा कोरोनाभाइरसको जोखिम हुन नदिन स्वाब संकलन गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
स्वाब परीक्षणको नतिजा शुक्रबारसम्म आइसक्ने जनाइएको छ ।
कर्णाली प्रदेशको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुँदैछ ।








प्रतिक्रिया दिनुहोस्