सिन्धुली, जेठ ७ । सिन्धुलीको पहिलो कोरोना संक्रमित महिलाको घर रहेको कमलामाई नगरपालिका–९ स्थित पन्नेसी क्षेत्रका पाँचओटा घर बुधबार ‘सिल’ गरिएको छ ।
मंगलबार सिन्धुलीका एकजना २६ वर्षीया महिलामा कोरोना संक्रमण ‘पोजिटिभ’ पुष्टि भएपछि बुधबार उक्त क्षेत्रमा विशेष निगरानी गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, नगरपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु पन्नेसी पुगेर संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम गरेका छन् ।
समुदायस्तरमा कोही संक्रमित भए वा नभएको पत्ता लगाउन र संक्रमण देखिएको अवस्थामा समुदायमा फैलन नपाओस् भन्नका लागि कन्ट्याक्ट ट्रेसिङको कामसमेत सुरु गरिएको हो ।
बुधबारै भारतबाट आएका भिमानका सातजनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्