Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


साना व्यवसायमा आईएफसीको साढे पाँच अर्ब लगानी


78
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सन् २०२३ सम्ममा ३० हजार भन्दा धेरै साना मझाैला व्यवसाय माझमा पुग्ने बृहत रणनीतिले नेपालमा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ हुने भएको छ ।

आईएफसीको यो कदमले नेपालको वित्तीय क्षेत्रमा समावेशिता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना) मा सुधारका लागि सहयोग पुग्ने पनि निगमको दावी छ । आईएफसीको पुनरूत्थान हुँदै गरेको मुलुकको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर (करिब साढे पाँच अर्ब) लगानी गर्ने जनाएको छ ।

भुक्तानी प्रणाली सुधार तथा साइकोमेट्रिक स्कोरिङ सोलुसन जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य फराकिले एसएमई रणनीतिको महत्वपूर्ण अगं भएको भन्दै आईएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत व्यापार वित्त सुविधा पनि प्रदान गर्ने र यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।