Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


प्रधानमन्त्री र शिक्षामन्त्रीसँग डा. केसीको माग– ‘माफियाहरूको स्वार्थमा भइरहेको नीतिगत भ्रष्टाचार रोक्नुस्’


143
Shares

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले माफियाहरूको स्वार्थमा भइरहेको नीतिगत भ्रष्टाचार रोक्न माग गर्नुभएको छ ।

बुधबार जारी विज्ञप्तिमा डा. केसीले चिकित्सा शिक्षा ऐनमा संशोधन गरी मापदण्ड पूरा नगरेका नर्सिङ कलेजहरूमा भर्ना खुलाउने प्रयास भइरहेको भन्दै माफियाहरूको स्वार्थमा चलिरहेको नीतिगत भ्रष्टाचार रोक्न प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पाैडेलसमक्ष माग गर्नुभएको हो ।

‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा शिक्षा नदिई प्रमाणपत्रको मात्र किनबेच गराइरहेका माफियाहरूको व्यापारिक स्वार्थअनुसार त्यस्तो कदम अघि बढेकोमा कुनै शंका छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले त्यस्तो कुनै पनि कदम हामीलाई स्वीकार्य छैन ।’

अहिले चलिरहेको अवाञ्छित गतिविधि तत्काल रोकेर आफूले यसअघि राखेका मागहरू पूरा नगरेको सत्याग्रह सुरु गर्ने उहाँको चेतावनी छ ।

डा. केसीले केहीदिन अघि मात्रै स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि पाँच बुँदे माग राखेर भदौ १२ गतेदेखि सत्याग्रहको घोषणा गर्नुभएको थियो ।