Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ


0
Shares

काठमाडौं, भदौ १ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै अदालत परिसरबाटै उनी पुनः पक्राउ परेका छन् ।

शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

गत साउन २२ गते जबर्जस्ती चन्दा असुली गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएका विश्वकर्मालाई रिहा गर्न माग गर्दै उनका छोरा नरेन्द्रबहादुरले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

जसको सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो ।

विश्वकर्मालाई केही महिनाअघि काभ्रेस्थित एनसेलको टावरमा आगजनी गरेको घटनामा जोडेर फेरि पक्राउ गरिएको जनाइएको छ ।