बर्दिया, जेठ ६ । ‘लकडाउन’का कारण आफूहरुको जनजीवन अस्तव्यस्त भएको भन्दै बर्दिया, राजापुरका साना व्यवसायी तथा मजदुरले मंगलबार नगरपालिकामा धर्ना दिएका छन् ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी र सामान्य ठेला व्यवसायसमेत सञ्चालन गर्न नपाएको भन्दै उनीहरुले विरोधस्वरुप राजापुर नगरपालिका कार्यालयमा धर्ना दिएका हुन् ।
दैनिक छाक टार्नै धौ-धौ भएको भन्दै उनीहरुले नगरपालिकामा धर्ना दिएको बताएका छन् ।
विपन्न वर्गलाई यसअघि नै राहत दिइएपनि लकडाउनको अवधि लम्बिएकाले समस्या थपिएको हो ।








प्रतिक्रिया दिनुहोस्