Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


ओली बोल्दै गरेको कार्यक्रममा विवाद, केहीबेर राेकियाे सम्बाेधन


9.9k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा विवाद भएको छ ।

सामुदायिक वन दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पछाडि रहेका केही मानिसहरूबीच विवाद भएको थियो ।

विवाद भइरहँदा अध्यक्ष ओलीले सम्बोधनलाई केहीबेर रोक्नुभएको थियो ।

विवाद केही साम्य भएपछि अध्यक्ष ओलीले बस्न आग्रह गर्दै केही मानिसहरूमा शहनशीलता कम हुने बताउनुभएको थियो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘बसौं–बसौं साथीहरू, शहनशीलता कसैमा अलि कम हुन्छ, त्यसैले छिटो रिस पनि उठ्छ ।’

कार्यक्रममा सहभागीहरूले विहानदेखि खाना खाना नपाएपछि विवाद भएको थियो ।

‘अघि पनि एउटा साथीले भन्नुभयो, विहान पनि खान दिएनन्, अहिले पनि खान दिएनन्, भोक पनि लागिसक्यो होला,’ उहाँले भन्नुभयो, ‘धेरै साथीहरूलाई आ–आफ्नो ठाउँमा जानु पनि होला, कार्यक्रम सफलताको शुभकामना धन्यवाद ।’

सम्बोधनको अन्त्यमा ओलीले जैविक विविधतालाई जोगाइराख्न र जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि वन संरक्षण आवश्यक रहेको बताउनुभयो ।

Skip This