 
	    काठमाडौं । बैंक अफ काठमाण्डूले नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।
यस खातामा ग्राहकले एकमुष्ठ रकम बचत गरी आवधिक रूपमा आफ्नो इच्छाअनुसार अन्य खाताहरूमा रकमान्तर गर्ने सुविधा छ ।
न्यूनतम् कुल मौज्दात २ लाख रुपैयाँ भएको खातामा ग्राहकलाई वार्षिक ११.०३ प्रतिशत ब्याज मासिक रूपमा आम्दानी हुने बैंकले जनाएको छ ।
यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय व्यवस्थापन गर्न सकिन्छ ।
यस्तै, बैंकले रिकरिङ्ग निक्षेप खाता पनि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकले ग्राहकलाई त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ भने खातामा न्यूनतम् १ हजार रुपैयाँदेखि बचत गर्न सकिनेछ ।
साथै दैनिक, साप्ताहिक तथा मासिक ५०० रुपैयाँको गुणाङ्कमा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिनेछ ।
रिकरिङ्ग निक्षेप खातावाहकलाई रकमको आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्