१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ


2.08k
Shares

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो ।

गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

ति बालिका गल्याङ नगरपालिका २ ईलुङ्गाका मिनबहादुर रानाको छोरी हुन् । हत्या आरोपमा पक्राउ परेकी लक्ष्मी राना मिनबहादुर रानाकी श्रीमती हुन् ।

यही साउन १० गते लक्ष्मी र ६ महिनाको छोरी अचानक सम्पर्क बिहीन भएपछि परिवारले खोज तलास गर्दा छोरीको हत्या गरी अर्का हत्या आरोपी केदार कुमालसँग भागी विवाह गरेको पाइएको छ ।

प्रहरीले उनीहरुलाई साउन २० गते गल्याङबाट पक्राउ गरिएको हो । लक्ष्मी र केदारले साउन १० गते राति करिब १२ बजेको मध्यरातमा छोरीलाई घरकै अस्थायी शौचालयको खाल्टोमा फाली हत्या गरेको प्रहरीले जनाएको छ ।

शौचालयको खाल्टोमा खोजतलास गर्दा बच्चाको लास सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । आरोपित दुबै जनालाई ज्यान सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।