Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अर्थमन्त्री शर्माको मातहतमा कर्मचारी बस्न नचाहेको उपमहासचिव ज्ञवालीकाे दावी


416
Shares

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दावी गर्नुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय विशेष छानविन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उहाँको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागकोस्थिति भएको जिकीर समेत गर्नुभयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिवनै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भन्दै प्रश्न समेत गर्नुभएकाे छ ।

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने पनि स्पष्ट पार्नुभयो ।