ललितपुर । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ ।
महानगरपालीकाले हिजो २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ ।
कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो ।
महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताइन ।
उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको बताइन ।








प्रतिक्रिया दिनुहोस्