Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नीति तथा कार्यक्रम ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’: सुवास नेम्बाङ


0
Shares

काठमाडौं, जेठ ४ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको बचाउ गर्दै कोरोनाबाट आर्थिक सामाजिक क्षेत्रमा परेको असरलाई सम्बोधन गर्ने गरी कार्यक्रम आएको जिकिर गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोनाबाट परेको प्रभावबारे बुझ्न सक्ने क्षमता सरकारसँग नभएको भन्दै टिप्पणी गरेकामा नेम्बाङले जवाफ दिँदै भने, ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।’

प्रतिनिधिसभाको बैठकमा नेम्वाङले भने अहिलेको अवस्थालाई सम्बोन गर्ने गरी सरकारले प्रष्ट नीति कार्यक्रम ल्याएको दाबी पनि गरे ।

नेम्वाङले लिम्पियाधुरा नेपालको दाबी गर्दै सरकारले फिर्ता ल्याउने गरी इतिहासमै पहिलोपटक प्रष्टसँग बोलेको र यसको विपक्षी दलका नेता देउवालेसमेत सकारात्मक भनेका उनले खुशी व्यक्त गरे ।

संविधानप्रति असन्तुष्ट दलहरुले संविधान स्वीकारेमा सन्तुष्टी जनाउँदै संविधानसभाको अधयक्षसमेत रहेका नेम्बाङले संविधान संशोधनको मागलाई सकारात्मक रुपमै लिएको पनि बताए ।

बैठमा भारतमै संविधानको पूर्ण स्वीकृति हुन दशक लागेको थियो भन्दै उनले भने, ‘दक्षिण भारतले दश वर्षसम्म स्वीकार गरेन, तर हाम्रो दुई तीन वर्षमै स्वीकार भयो।’