Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोना नियन्त्रणमा संघीय सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत


0
Shares

वीरगन्ज, जेठ ३ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकारले सहयोग र सहकार्य नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार वीरगन्जमा मुख्यमन्त्रीको सचिवालयले आयोजना गरेको छलफलमा उनले संघीय सरकारको कोरोना संक्रमण नियन्त्रण गर्ने तयारी फितलो रहेको बताए ।

उनले संघीय सरकारले प्रदेश सरकारसँग कुनै सहकार्य नगरेको गुनासोसमेत गरे ।

महामारीको समयमा पार्टीगत स्वार्थबाट माथि उठेर तीनओटै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले कोरोनाको परीक्षणका लागि तीनओटा जिल्लामा प्रयोगशालाको स्थापना गरेको भन्दै कोभिड अस्पताल सञ्चालनको व्यवस्था, ‘पीसीआर मसिन’को जडान र ५० ओटा ‘भेन्टिलेटर’ मसिन खरिद गरेको बताए ।

छलफलका सहभागीहरुले कोरोना संक्रमणको अवस्था र नियन्त्रणको प्रगतिबारे मुख्मन्त्री राउतसँग जानकारी माग गरेका थिए ।

कार्यक्रममा चिकित्सक, सुरक्षा प्रमुख तथा सञ्चारकर्मी र स्थानीय निकायका प्रमुखहरुले कोरोना संक्रमणको चुनौती र त्यसको व्यवस्थापन तथा उपचारकोबारे सुझावहरु दिएका थिए ।