पाँचथर, जेठ ३ । पाँचथरका स्थानीय तहहरुले दीर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्न थालेका छन् ।
यसैक्रममा तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले सुगुर, प्रेसर, दम, थाइराइड, मुटुरोगी, नसा तथा मानसिक रोगीलाई औषधि वितरण गरेका हुन् ।
नागरिकहरुले औषधि खरिद गर्न नपाएर नियमित सेवन छुट्न गइ स्वास्थ्यमा पर्न जाने असरलाई ध्यानमा राखेर औषधि वितरण गर्न लागिएको तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए ।
‘लकडाउन’को समयमा जिल्लाबाहिरका अस्पताल जान बिरामीलाई असहज हुने भएकाले उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामार्फत् औषधि वितरण गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्