Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


बर्दियामा तरकारीको अभाव


0
Shares

बर्दिया, जेठ ३ । ‘लकडाउन’का कारण बर्दियामा तरकारीको अभाव भएको छ ।

मुख्य व्यापारिक केन्द्र राजापुर र शान्तिबजारलगायतका स्थानीय बजारहरुमा तरकारीको हाहाकार भएको छ ।

नेपालगन्जबाट ल्याउने गरिएकोे आलु र प्याजजस्ता तरकारी लकडाउनका कारण आयात हुन नसकेपछि अभाव भएको हो ।

यस वर्ष जिल्लामा आलु, प्याज प्रयाप्त उत्पादन नहुनु तथा आयात पनि ठप्प भएपछि अभाव देखिएको हो ।

उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गर्दा खाद्य गोदामहरु खाली पाइएकोे बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले जानकारी दिए ।