
बारा, जेठ ३ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर–२ बाट भित्रने सवारी–साधनमा प्रतिबन्ध लगाएपछि दर्जनौं सवारी–साधन बाराको पथलैयामा अलपत्र परेका छन् ।
प्रदेश नम्बर–१ र २ बाट सामान ‘लोड’ गरी देशका विभिन्न भागमा जाँदै गरेका मालवाहक सवारीलाई ‘माथिको निर्देशन’ भन्दै ट्राफिक प्रहरीले पथलैयामा रोक लगाएको छ ।
सिमेन्ट, छड, इँटाजस्ता निर्माण सामग्री र अन्य प्रकृतिका कृषिजन्य उत्पादन बोकी आएका मालवाहक ट्रकहरु बराको पथलैया ‘चेक प्वाइन्ट’मा रोकिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख श्यामकुमार महतोले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्