Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्शा सार्वजनिक पनि नीति तथा कार्यक्रममा


0
Shares

काठमाडौं, जेठ २ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्शा जारी गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा सरकारको आगाी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्शा सार्वजनिक गर्ने घोषणा गरेकी हुन् ।

उक्त क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गर्दै उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्शा जारी गरिनेछ ।’

सीमा व्यवस्थापनका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्यक्रम पनि उनले सुनाइन् ।