
काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने दिन पार्टी सचिवालय सदस्यसँग सुझाव मागेका छन् ।
सरकारले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै छ । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्न सबै तयारी पूरा भइसकेको छ ।
त्यसअघि आजै विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुसँग नीति तथा कार्यक्रममा सुझाव मागेका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग मागेका हुन् ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले सुझाव मागेको जानकारी दिएका हुन् । बैठकमा स्थायी कमिटी बैठकबारे कुनै छलफल नभएको भन्दै अब नीति तथा कार्यक्रम सकिएपछि मात्र कुरा हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्