
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।
नेपालमा रोकिएका केही जापानी नागरिक र बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले उडान गर्न लागेको हो ।
निगमको वाइडबडी जहाज २ सय ५० यात्रु लिएर राति ९ बजे नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
काठमाडौं–नारिताको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ ।
आगामी मे १७ र २२ मा पनि नारितमा चार्टर्ड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा भने रित्तै हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्