Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


देवचुली नगरपालिकामा बैंक/वित्तीय संस्था पाँच दिन बन्द


0
Shares

नवलपुर, जेठ १ । बैंक तथा वित्तीय संघ–संस्थाहरुमा दैनिकजसो भीड बढेको भन्दै नवलपुरको देवचुली नगरपालिकाले वित्तीय संघ, संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका बैंक, वित्तीय संस्था, सामुदायिक वन र खानेपानी संस्थाका कार्यालयहरु पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार ती संस्थाहरु जेठ १ देखि ५ गतेसम्म बन्द रहनेछन् ।

देवचुली नगरपालिका–१२ का एकजनामा कोरोनाभाइरस परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएसँगै पहिलो चरणअन्तर्गत् कडाइ गरेको नगरपालिकाले जनाएको छ ।