Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोना अस्पतालमा सबै जिल्लाका संक्रमितको उपचार हुन्छ : मुख्यमन्त्री पोखरेल


0
Shares

दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताएका छन् ।

मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताए ।

उनले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका लागि सरकार सजग रहेको बताउँदै समयमा यसको स्तरवृद्धि गरिने आश्वासन दिए ।

मुख्यमन्त्रीले जिल्लाका सवै स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता बढाउन पनि निर्देशन दिए ।

अस्पतालका मेसु डा सर्वेश शर्माले प्रदान गरिँदै आएको सेवा प्रवाहलगायतबारे जानकारी दिएका थिए ।

अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी हाल ४० जना कार्यरत छन् ।

त्यहाँ एक सय शय्याको आइसोलेशन वार्ड र पाँच शय्या सघन कक्ष तयारी अवस्थामा राखिएको छ । अस्पतालको आइसोलेशन वार्डमा हाल १४ बिरामी छन् । रासस