Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बागलुङको गलकोट नगरपालिका एक साताका लागि ‘सिल’


0
Shares

बागलुङ, वैशाख ३१ । बागलुङको गलकोट नगरपालिका एक साताका लागि ‘सिल’ गरिने भएको छ ।

मंगलबार पर्साको छिपहरमाई गाउँपालिकाका १४ मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिने भएको हो ।

कोरोना संक्रमितहरुसहित ८४ जना यही वैशाख ११ गते गलकोटबाट वीरगन्ज फर्किएका थिए ।

नगरपालिकाले एक हप्ताको अवधिमा कोरोना पुष्टि भएका पर्साका मजदुरहरु बस्दै आएको क्षेत्रका, उनीहरुले काम गरेको ठाउँका र सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण गरिने जनाएको छ ।