Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सुर्खेतमा पत्रकारको स्वाब संकलन


0
Shares

सुर्खेत, वैशाख ३१ । सुर्खेतमा कार्यरत् पत्रकारको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ ।

पत्रकारमा समेत कोरोना संक्रमण भएको भेटिएपछि त्रसित बनेका पत्रकारहरुले प्रदेश अस्पतालमै पुगेर ‘पीसीआर’ परीक्षणका लागि स्वाबको नमुना दिएका छन् ।

बुधबार पीसीआर परीक्षणका लागि सुर्खेतका ४३ जना पत्रकारको स्वाबको नमुना संकलन गरिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।