Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पूर्वाञ्चल विश्वविद्यालय हाताभित्रको भवनमा ‘क्वारेन्टाइन’स्थल तयार


0
Shares

विराटनगर, वैशाख ३१ । विराटनगरको सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्वाञ्चल विश्वविद्यालयको हाताभित्रको भवनमा ‘क्वारेन्टाइन’स्थल तयार गरिएको छ ।

प्रदेश सरकारले अहिलेपनि प्रदेशमा कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको निष्कर्ष निकाल्दै प्रदेशस्तरीय स्थायी प्रकृतिको क्वारेन्टाइनस्थल निर्माण गरी तयारी हालतमा राखिएको हो ।

उक्त क्वारेन्टाइनस्थलमा १३५ जनालाई राख्न मिल्ने जनाइएको छ ।