Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कर्णाली प्रदेशसभा बैठकमा सहभागी हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य


0
Shares

सुर्खेत, वैशाख ३० । आगामी जेठ ११ गतेदेखि सुरु हुने कर्णाली प्रदेशको बजेट अधिवेशनमा प्रदेशसभा सदस्यले कोरोना परीक्षणको रिपोर्ट देखाएपछिमात्र प्रदेशसभामा प्रवेश पाउने भएका छन् ।

‘पीसीआर’बाट कोरोना भए/नभएको यकिन गरेरमात्र प्रदेशसभा सदस्यले प्रदेशसभा बैठकमा सहभागी हुने भएका हुन् ।

कर्णाली प्रदेशको प्रदेशसभामा ४० जना सदस्य रहेका छन् ।

कोरोना परीक्षण नगराएका र नतिजा ‘पोजिटिभ’ देखिएका सांसद बैठकमा सहभागी हुन नपाउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसद हुनुभन्दा दुई दिनअगाडि नै सबै सांसदको पीसीआर प्रविधिबाट कोरोना नमुना परीक्षण गर्ने तयारी सचिवालयले गरेको छ ।