
एजेन्सी । बलिउड अभिनेता फरदीन खान पुनः बलिउडमा फर्कन लागेका छन् । फरदीन निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ बाट बलिउडमा फर्कन लागेका हुन् ।
यस सिरिजको नायिकामा अदिति राव हैदरी देखिने भएकी छन् । यो सिरिजमा उनीहरुको अलावा मनिषा कोइराला, सोनाक्षी सिन्हा र ऋचा चड्डाको पनि मुख्य भूमिका रहनेछ । फरदीनले यस सिरिजको केही भागको सुटिङ गरिसकेका छन् ।
फरदीनले भन्सालीसँग बिग लिगमा खेल्ने मौका पाइरहेका छन् । साथै उनी पहिलो पटक पिरियड ड्रामा प्रोजेक्टमा देखिनेछन् ।
कथाको कुरा गर्दा ‘हिरामाण्डी’ भारत–पाकिस्तान विभाजन अघिको कथामा आधारित छ ।
यसमा लाहोरको प्रसिद्ध रेड लाइट क्षेत्र, हिरामण्डी र त्यहाँ बस्ने यौनकर्मीलाई देखाइनेछ । सिरिजमा प्रेम, धोका, राजनीति लगायत धेरै कुरा देखाइने छ । यो सिरिज ८ भागको हुनेछ जसको पहिलो दुई भागको भन्साली आफैंले निर्देशन गर्नेछन् ।
बाँकी भागको उनका सहायक मिताक्षरा कुमार र विभुले सिरिजले निर्देशन गर्नेछन् । सिरिजका गीतहरू भने भन्साली आफैंले निर्देशन गर्ने भएका छन् । ‘हिरामाण्डी’ को छायांकन जुन अन्तिमबाट सुरू भएको थियो । भन्सालीले यस सिरिजको सुटिङ लाहोरमा गरिरहेका छन् ।
फरदीनको प्रोजेक्टको कुरा गर्दा ‘विस्फोट’ र ‘हिरामाण्डी’ बाहेक उनी निर्देशक अनीस बज्मीको फिल्म ‘नो एन्ट्री’को सिक्वेलमा पनि काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्