
बारा, वैशाख २९ । ‘लकडाउन’ खुकुलो भएसँगै राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु हुँदा बाराका स्थानीयले काम पाउन थालेका छन् ।
पथलैया–वीरगन्ज व्यापारिक मार्ग आयोजनामा काम गर्ने भारतीय मजदुर घर गएर नफर्केकाले अहिले स्थानीय मजदुरले कामको अवसर पाएका हुन् ।
ग्रामीण बस्तीका बेरोजगार व्यक्तिहरु स्थानीय तहले बाँड्ने राहतका लागि नाम लेखाउन छाडेर काममा जान उत्साहित बनेका छन् ।
स्थानीयहरु नै कामका लागि उत्साहित भएपछि निर्माण कम्पनी एएमआर कन्ट्रयाक्टरले क्षमताअनुसारको काम दिन थालेको हो ।
पाँच खन्डमा बाँडिएको यस आयोजनाले करिब १५ सयजनालाई रोजगारी दिने जनाइएको छ ।
स्थानीय श्रमिकलाई भारतीयलाई भन्दा बढी पारिश्रमिकसमेत दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्