Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


डडेल्धुरामा किसानहरु खाद्यान्न खरिद गर्न बजारमा


0
Shares

डडेल्धुरा, वैशाख २९ । डडेल्धुराका किसानहरु ‘लकडाउन’मा खाद्यान्न समस्या भएपछि बजारमा खाद्यान्न खरिद गर्न थालेका छन् ।

आफ्नो खेतबारीमा उत्पादन भएको खाद्यान्नले नपुगेपछि किसानहरु खाद्यान्न खरिद गर्न बजारसम्म पुग्न थालेका हुन् ।

स्थानीयस्तरमा धान र गहुँखेती गरिने भएपनि वर्षभरि नधान्ने भएकाले उनीहरुले वर्षायामका लागि खाद्यान्न जोड्ने गर्दछन् ।

खेतबारी बाँझो रहने गरेकाले पनि खाद्यान्न समस्या बढ्ने गरेको छ ।