२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मुटुको शल्यक्रियाका लागि तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई सुझाव


104
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ ।

समितिले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कुटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिले जनाएको छ ।

समितिले कोभिड संक्रमण बढन लागेकोतर्फ सचेत गराउँदै त्यसको नियन्त्रणका लागि तयारी अवस्थामा रहन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रियाका लागि आवश्यक उपकरण अभाव हुँदा बिरामीहरुको मुटुको शल्यक्रिया रोकिएको बताउनुभयो । उहाँले युक्रेन युद्ध र कोरोना संकटका कारण सो उपकरण ल्याउन नसकिएको बताउनुभयो ।

कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य सामग्रीको खरिद प्रक्रियालाई सहज बनाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि समितिका सांसदहरुको ध्यानाकर्षण गराउनु भयो ।