३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


उत्पादित तरकारी चौपायलाई, किसानलाइ छाक टार्नै समस्या


0
Shares

इलाम । लकडाउनका कारण कृषि व्यवसाय संकटमा परेको छ ।

बजारसम्म पुर्‍याउन नपाउंदा तरकारी बारीमै कुहिन थालेको छ ।  तरकारी बिक्रि गर्न नपाएपछि कृषकहरुले तरकारी फलफूल चौपायालाई खुवाउन थालेका छन् ।

मुख्य आयस्रोतको बाटो नै बन्द भएपछि कृषकहरु बिहान बेलुकीको छाक टार्ने समस्या पर्ने चिन्तामा छन् ।

इलाममा उत्पादित कृषि उपजहरु झापा र भारतीय बजारसम्म निर्यात हुने गर्दथ्यो ।