
पाँचथर । लकडाउनका कारण सहज ढंगबाट दाना आपूर्ति गर्न नसक्दा पाँचथरका पशुपालक मर्कामा परेका छन् ।
दाना सहज रुपमा नपाउँदा कतिपय किसानले चौपाया बिक्री गर्न थालेका छन् । लकडाउनका कारण दानाको अभाव भएपछि गाई बिक्री गरेको स्थानीय पशुपालक रमा पौडेलले बताइन् ।
पशुपालन गर्ने कृषकलाई दाना आयात गर्न तथा डेरी उद्योगहरुमा उत्पादन भएको चिज, घिउ, छुर्पी निर्यात सहज गर्ने वातावरण बनाइ दिन कृषक तथा डेरी उद्योगीले स्थानीय निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्