सुर्खेत, वैशाख २७ । कर्णाली प्रदेशको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ ।
प्रदेश राजधानी सुर्खेतमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीका लागि सांसदहरुको सुझाव संकलनका लागि बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
कर्णाली प्रदेशले आगामी वर्षका लागि ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको मन्त्री ज्वालाले जानकारी दिए ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।








प्रतिक्रिया दिनुहोस्