३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काउने व्यवस्था मिलाउन निर्देशन


0
Shares

काठमाडौं, वैशाख २६ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न मुलुकमा अलपत्र परेका र विदेशबाट फर्कन चाहेका नेपालीलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल फर्काएपछि उनीहरुलाई नेपालमा कहाँ–कसरी राख्ने सोसम्बन्धी कार्य अविलम्ब गर्नपनि निर्देशन दिएको छ ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्नपनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिए ।

यसैगरी, बैठकले ‘लकडाउन’को समयमा स्वदेशभित्र रहेका मजदुरले भोग्नुपरेको समस्या समाधान गर्न र ती मजदुरलाई आवश्यक सहयोगसहित उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । रासस