Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


सर्लाहीमा लकडाउनको व्यापक अवज्ञा


0
Shares

सर्लाही । कोरोना भाइरसबाट बच्न सरकारले देशव्यापी लकडाउने गरे पनि सर्लाहीको ग्रामीण क्षेत्रमा यसले छोएको छैन ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा आवश्यक खाद्यान्न वस्तुवाहेकको व्यवसाय, बिक्री वितरण बन्द गर्ने निर्णय गरेको थियो ।

प्रशासनको निर्णयलाई अवज्ञा गरेको पाइएको छ । सर्लाहीको हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवा, हरिपुर, बागमतीलगाायतका स्थानीय तहहरुको मुख्य व्यापारीक स्थलहरुमा लकडाउनको पालना भएपनि ग्रामीण क्षेत्रमा सामान्य लकडाउनसमेत नभएको स्थानीयहरुको भनाई छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको पालना गर्नु सबै नेपाली नागरिकको दायित्व भएको बताएका छन् ।