
धादिङ, वैशाख २५ । धादिङको थाक्रे गाउँपालिकास्थित महेशखोलाको बाढीले बिहीबार निर्माणाधीन दुईओटा पुलको निर्माण सामग्री बगाएको छ ।
पृथ्वी राजमार्गलाई केवलपुरसँग जोड्ने नौकिलो भन्ने स्थानमा ढलनाको तयारीमा रहेको पुलको सबै सामान बगाएको हो ।
यस्तै, थाक्रे गाउँपालिकाकै सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको बताइएको छ ।
दुवै पुलको निर्माण सामग्री बनाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्