Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कामदारको अभावमा सुक्खा बन्दरगाहको निर्माण कार्य प्रभावित


0
Shares

रसुवा । रसुवा भन्सारका लागि निर्माण भइरहेको सुक्खा बन्दरगाहको निर्माण कार्य प्रभावित भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा भन्सारका लागि निर्माण भइरहेको सुक्खा बन्दरगाह निर्माण स्थलमा कामदारको अभाव भएपछि निर्माण कार्य प्रभावित भएको छ ।

कोरोना भाइरसका कारण चिनियाँ कामदार नेपाल आउन नसक्नु र नेपाली कामदारसमेत नपाउनाले निर्माण कार्य प्रभावित भएको हो ।

२४ जना मुख्य चिनियाँ कामदारमध्ये नौ जना कामदारले अहिले मेसिनबाट गरिने काम मात्र गरि रहेका छन् ।

मंसिर ४ गतेबाट सुरु गरिएको बन्दरगाहको हालसम्म ३० प्रतिशत काम सक्ने लक्ष्य लिएपनि सामाग्री तथा कामदारको अभावका कारण दश प्रतिशत मात्र काम भएको तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडका प्रमुख याङले जानकारी दिए ।

बन्दरगाह ३० महिनामा काम सम्पन्न गर्ने गरि करिब १२ करोड ४० लाख चिनियाँ युआनमा निर्माण भइरहेको छ ।