Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


जनगुनासो बढ्दै


0
Shares

डडेल्धुरा, वैशाख २४ । कोरोना संक्रमण बढिरहेका बेला जनताको जनजीविका र सुरक्षामा ध्यान नदिएको भन्दै डडेल्धुरामा गुनासो बढ्न थालेको छ ।

कोरोनाभाइरसको सन्त्रास नियन्त्रण र नागरिकको सुरक्षा, राहत र  व्यवस्थापनमा केही गतिविधिहरु सञ्चालन भएपनि पर्याप्त नभएको भन्दै डडेल्धुराका स्थानीय दुःखी भएका हुन् ।

स्थानीय तहहरुले सकारात्मक प्रयास गरेपनि ‘लकडाउका’ बेला नागरिकलाई सहयोग गर्ने काममा तीनै तहका सरकार चुकेको प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको भनाइ छ ।