एजेन्सी । विश्वभर कोरोना भाइरको महामारीबाट रोकिएको खेलकुदलाई सुचारु गर्नेबारे सरोकारवालाहरुले तीव्र परामर्श गरिरहेका छन् ।
इंग्ल्याण्डको व्यावसायीक फुटबल संघ (पिएफए)ले कोरोनापछि सुचारु हुने प्रिमियर लिगका खेलहरुमा समय घटाउन सकिने बताएको छ ।
पिएफएका अध्यक्ष गोर्डन टेलरले प्रिमियर लिग सुचारु भएपछि ९० मिनेटको समय कम गर्न सकिने प्रस्ताव गरेका हुन् ।
फुटबल संघले कोरोना भाइरसबाट खेलाडीलाई बचाउन विभिन्न योजनाहरु बनाइरहेको छ । जसमा तथष्ट मैदानमा दर्शकबिना खेलाउने, सब्सिच्युट खेलाडीको संख्या बढाउने लगायतका छन् ।
बाँकी सिजनका खेलहरु नै रद्द हुने संभावनामा भने ‘पर्ख र हेर’ को अवस्था रहेको उनले बताए ।
बेलायत सरकारले स्वीकृति नदिदाँसम्म प्रिमियर लिगका बाँकी खेलहरु सुचारु हुने सम्भावना निकै कम रहेको छ । प्रिमियर लिग र सरकारका प्रतिनिधिबीच चाँडै छलफल हुने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्