सुर्खेत, वैशाख २३ । जुम्लामा कोरोनाको ‘पीसीआर’ परीक्षण सुरु भएको छ ।
पीसीआर परीक्षण सुरु गरेसँगै कर्णाली प्रदेशमा सुर्खेत र जुम्लामा कोरोनाको नमुना परीक्षण हुनेछ ।
पीसीआर मेसिनले एकपटकमा ९६ ओटा नमुना परीक्षण गर्नसक्ने भएपनि आवश्यक किटलगायतका सामग्रीको अभावका कारण २४ ओटामात्र परीक्षण गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए ।
जुम्लामा हाल २५० जनाको परीक्षण गर्नसक्ने किट उपलब्ध रहेको छ ।








प्रतिक्रिया दिनुहोस्