Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रोङ्ग गाउँपालिकाद्वारा राहत वितरण


0
Shares

इलाम, वैशाख २२ । इलामको रोङ्ग गाउँपालिकाले काठमाडौंमा रहेका आफ्ना नागरिकहरुलाई राहत वितरण गरेको छ ।

गाउँपालिकाले काठमाडौंमा अस्थायी बसोबास गरिरहेका ८७ जना नागरिकलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।

बन्दाबन्दीपश्चात् काठमाडौंमा फसेका आफ्ना नागरिकहरुलाई घर फर्काउन स्वास्थकर्मीसहितको गाउँपालिका टोली काठमाडौं गएको थियो ।

गृह मन्त्रालयले परिपत्र गर्दै नागरिकहरु लैजान नदिएपश्चात् राहत वितरण गरेर गाउँपालिका टोली जिल्ला फर्केको रोङ्ग गाउँपालिकाका अध्यक्ष शमशेर राईले जानकारी दिएका छन् ।