Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एक सातासम्म कर्णाली पूर्णरुपमा ‘सिल’


0
Shares

सुर्खेत, वैशाख २२ । सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर–५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले सात दिनका लागि नाका ‘सिल’ गर्ने निर्णय भएको छ ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सो निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली प्रदेश पूर्णरुपमा सिल हुने जानकारी गराएका छन् ।

प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने उनले जानकारी दिए ।

अब यो निर्णयसँगै स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपसार कार्य ठप्प हुने भएको छ ।