२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बझाङ सदरमुकाम जोड्ने एकमात्र पक्कीसडक भत्कियो


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, साउन ३० । बझाङ सदरमुकाम चैनपुर जोड्ने एकमात्र जयपृथ्वी राजमार्ग वर्षाका कारण भत्किएको छ ।

सदरमुकामनजिकै सिमखेतमा ३५ मिटर पक्कीसडक भत्किएको हो ।

सडक भत्किएपछि सदरमुकाम आउने र बाहिरिने सबै सवारी–साधन अलपत्र भएका छन् ।

भत्किएको सडकको भित्तापट्टीबाट मोटरसाइकल र मान्छेमात्रै आवत–जावत गर्न सक्छन् ।

वर्षा नरोकिँदा बाँकी रहेको एक मिटर सडक पनि भत्कने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने वर्षा नरोकिँदा र जिल्लामा स्रोत–साधन नहुँदा सडक खुलाउन केही दिन लाग्ने बताए ।