२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


महाकाली राजमार्ग तीन दिनपछि सुचारु


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, साउन ३० । पहिरोका कारण विगत तीन दिनदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग सुचारु भएको छ ।

बैतडीको गोकुलेश्वर–दार्चुला सडकखन्डअन्तर्गत् मालिकार्जुन गाउँपालिकाको तेर्छेलेकमा सडकमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

स्काभेटरले पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।